Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

सुरक्षित छैनन् सहकारी सञ्चालक र सहकारिका कर्मचारी

  •   १ वर्ष अघि | १६ माघ २०७९, सोमवार

काठमाडौं  —    देशभरी  सञ्चालनमा रहेका विभिन्न प्रकृतीका  अधिकासं  सहकारीमा आर्थिक तरलताका कारण हाल ठुलो  समस्या देखिएको छ । नियमक निकाय प्रभावकारी नहुनु र देश भरी बढेकाे आर्थिक संकटकाे प्रत्यक्ष सिकार देशको आर्थिक खम्बाकाे रुपमा रहेको सहकारीमा परेको छ। आर्थिक संकटकै कारण सहकारी बचत फिर्ता गर्न नसक्ने अबस्थामा पुगेको छन् भने स्थानीय सरकार सकट ग्रस्त सहकारीकाे अनुगमन ,नियमन ,सहर समन्वय गर्न नसक्दा सहकारीको संचालक ,कर्मचारीले चाैतर्फि दबाब झेल्नुपरेको छ भने केही सहकारीकर्मि कर्मचारी र संचालकत  आफुलाई असुरक्षित महसुस गर्न थालिसकेको छन् । सहयोग र समन्वय नहुनु र मिडियाले साने कुरा लाई ठुलाे बनाईदिदा कतिपय सहकारी कर्मी आत्महत्या गर्न बाध्य भएको छन् । आर्थिक संकटको कारण आम मानिसमा त्रास पैदा भएको अबस्थामा  स्थानिय सरकार नियामक हुनु पर्नेमा  कर बाहेककाे जिम्मेवारी आफ्नाे हैन भन्ने पन्छिदिदा पुरै देशमा अब पिडित काे हाे भन्ने प्रश्न सुरु भएको छ।  ऋणीले ऋण नतिर्दा स्थानीय सरकारले सहकारी लाई सहयोग गर्न ऋणी लाई सिफारिस लिने दिने बेलामा समन्वय गराउन सक्ने भएता पनि , सहकारी र सहकारीको कर्मचारी लाई स्थानीय सरकार र प्रहरी प्रशासनले समेत सहयोग नगर्ने र हरेक काराेबारलाई राजनीतिकीकरण गर्ने हुदा देशैभर  सहकारीको संचालक ,कर्मचारी मानसिक ड्रिप्रेसन मा जाने देखि आत्महत्या गर्ने सम्मकाे अबस्था आएको सहकारीका कर्मचारीले बताए । सहकारीका कर्मचारी कास्कीको पोखरा महानगरपालिका-९ शिव टोलका  एक सहकारी सञ्चालकले माघ १५ गते आत्महत्या गरे ।आर्थिक संकटकाे कारण देशैभर सहकारीका संचालक र कर्मचारी सुरक्षीत हुन छाेडेकाे एक अनुसन्धान बाट थाहा हुन आएको छ।पाेखरा नगरमा संचालनमा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार घरमै झुन्डिएर आत्महत्या गरेको जानकारी प्राप्त भएको छ । खाती उद्योग ब्यबसायी पनि हुन उनले आफ्नै लगानी मा पानी उद्योग सञ्चालक समेत गरेका थिए । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक  खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । 

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको जानकारी प्राप्त भएको  छ । खातीले धेरै ऋण रहेकोले साथीभाइसँग सापटी माग्दै हिँडेको जानकार हरु बताउछन् ।केही समयदेखि उनी कार्यरत डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए ।

  • Chhadke Online

थप