धुलिखेल प्रभु बैंकले सेवाग्राहिकाे बचत फिर्ता गरेन

  •   २ महिना अघि | ८ साउन २०८०, सोमवार

काभ्रे प्रभु बैकं धुलिखेल शाखाले  सेवाग्राहि सुशील राज गिरीकाे रु २५०००(रुपैयाँ पच्चीस हजार) फिर्ता गरेन । शुक्रबार साेहि बैकंकाे एटीएम बाट पैसा निकाल्दा पैसा ननिक्लिएकाे तर पैसा काटेर रिपोर्ट गर्दा समेत पैसा फिर्ता गर्न बैकंले आलटाल गरेको पिडित गिरीले छड्के अनलाइन लाई बताए । राष्ट्रबैंकंकाे नियम अनुसार एटीएम बाट पैसा निकाल्दा पैसा न निक्लिदा तुरुन्तै फिर्ता हुनु पर्ने र त्यसाे हुदा समेत फिर्ता नभए पिडितकाे रिपोर्ट र निबेदनकाे आधारमा चाैबिस घण्टा भित्र  फिर्ता हुनुपर्छ। पिडित गिरीले साेहि दिन जानकारी गराएकाे भएता पनि पैसा फिर्ता नभए पश्चात् बैकंमा गुनासो गर्न जादा बैंकंका कर्मचारीले भरे आउँछ नभए पैंतालीस दिन सम्म आउँछ भन्ने जबाफ दिए पश्चात् पिडित गिरीले पैसा तुरुन्त फिर्ता गराउन सहयोग माग्दै छड्के टिमलाई भट्नुभएकाे थियो । नियमक निकायले समेत ध्यान नदिदा बैकंमा दिनानु दिन सेवाग्राहि पिडित बन्दै गएका छन् ।

  • Chhadke Online

थप