Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि

  •   २ वर्ष अघि | ६ असार २०७९, सोमवार

६ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी  गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु भएको निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।


  • Admin

थप