इन्धनको मूल्य घट्यो

  •   १० महिना अघि | १ पुस २०७९, शुक्रबार

काठमाडौँ — नेपाल आयल निगमले पुस १ गते  शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल/डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।  नेपाल आयल निगमले भाेलि पुस २ गते बाट लागू अुने गरि इन्धनको मूल्य घटाएको हाे।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो ।  भारतीय आयल कर्पोरेसन आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको  जनाएको छ ।

  • सुशील राज गिरि

थप