पाँचखालमा दशै लक्षित महोत्सव

  •   १ वर्ष अघि | १६ भदौ २०७९, बिहिबार

काभ्रे, पाँचखाल । पाँचखाल युनाईटेड फुटबल एशोसिएनले दशै लक्षित महाेत्सव  पाँचखाललमा असोज ३ देखि १६ गतेसम्म विजयादशमी तथा शुभ दिपावलीको अवसर पारी तेश्रो पाँचखाल महोत्सव आयोजना गर्ने भएको छ ।  महोत्सवमा   दशैँ तिहारलाई आवश्यक पर्ने खाद्यान्न लगायतका सामानहरुको सुपथ मुल्यका स्टलहरु  राखिनेछ । व्यक्तिगत प्रयोजनका लागि खपत हुने तरकारी तथा कृषि उपजहरुलाई ब्यवसायीकरण गर्ने, ब्यापार तथा कृषि पर्यटन प्रर्वद्धन गर्ने, पाँचखालको चिनाउन चाडपर्व लक्षित सुपथ मुल्यका सामानहरु स्टलमा राख्ने लगायतका महत्पूर्ण योजनाहरुभएको आयाेजकले जानकारी दिएको छ ।पाँचखाल युनाईटेड फुटबल एशोसिएसनले पहिलो महोत्सव २०७१, दोश्रो महोत्सव २०७६ गरिसकेकोले याे तेश्रो महोत्सव २०७९ आयोजना गर्न लागेको  महाेत्सबका  अध्यक्ष मिलन श्रेष्ठले  बताए ।बिगत वर्षमा कोभिड १९ को महामारीका कारण हुन नसकेको महोत्सव यस वर्ष हुन लागेकाे हाे ।महोत्सव सम्पन्न गर्न गणेशप्रसाद काफ्लेको संयोजनमा मुल समारोह समिति गठन भएको छ ।  महोत्सवका लागि २० लाखभन्दा बढी  खर्च हुने अनुमान गरिएको छ ।५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवको तयारी शुरु भएको छ । स्थानीय सरकार तथा विभिन्न संघ संस्थाको समन्वय र सहयोगमा हुने महोत्सवले धार्मिक, सांस्कृतिक, कृषि तथा पर्यटनको प्रचार प्रसार हुने बताईएको छ ।

  • Mr. Admin

थप