Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

आयात घट्दा महँगी बढ्यो

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

७ पुस, काठमाडौं – विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ । कोरोना भाइरसको प्रभावसँगै चिनलगायतका मुलुकहरुबाट आयात हुने कपडाहरुको मूल्य बढ्न थालेको हो ।


चिसो मौसम सुरु भएसँगै खासगरी चीनबाट आयात हुने जाडोका कपडाको मूल्य महँगिन थालेको व्यवसायीले बताएका छन्। काठमाडौंका अधिकांश कपडा व्यवसायीले चीनबाट गार्मेन्ट आयात कम हुँदा सामानको भाउ बढेको बताएका छन्।


राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि गत असोजको तुलनामा कात्तिकमा मूल्यवृद्धि बढेको उल्लेख गरेको छ। उक्त प्रतिवेदनले कात्तिकपछिको विवरण उल्लेख नगरे पनि पछिल्ला महिना मूल्यवृद्धिको औसत दर ९मुद्रास्फीति० चुलिँदै गएको व्यवसायीले बताएका छन्।


गत कात्तिकमा मूल्यवृद्धिको दर ४।०५ प्रतिशत पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ। यसको मतलव गत वर्ष कात्तिकमा १ सय रुपैयाँले जीविका धान्ने व्यक्तिलाई यो वर्ष १०४ रुपैयाँभन्दा बढी पैसा आवश्यक पर्ने भएको छ।


कात्तिकमा दसैं र तिहारजस्ता पर्व परेकाले महँगी बढेको हुनसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्। तर, व्यवसायीले भने चैतमा बन्दाबन्दी सुरु भएपछि भारी मात्रामा खाद्यान्न र लत्ताकपडा किनेर राखेका उपभोक्ताले लामो समय सामान किन्न पैसा खर्च नगरेको बताउँछन्।


दसैं लागेपछि भने पहिलेको मौज्दात खाद्यान्न सकिएको र असोजपछि खुलेको बन्दाबन्दीले मानिसको चहलपहल बढाएका कारण महँगी पनि बढ्न थालेको उनीहरूको बुझाइ छ। विनय बन्जाराले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेका छन् ।

  • Mr. Admin

थप