Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

अन्तर्राष्ट्रिय मुद्रा कोष गुहार्दै सरकार

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

१४ माघ, काठमाडौं – सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको हो।


‘हामीले सरकारका सबैजसो सरोकारवाला निकाय र आईएमएफका प्रतिनिधिबीच धेरै चरणमा वार्ता गरिसकेका छौं’, अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने। नेपालका अनुसार अबको एक महिनाभित्र त्यस्तो सहायताको सबै पूर्वतयारी सक्ने योजनामा काम भइरहेको छ।


विश्व बैंक समूहअन्तर्गतको यो संस्थाले अन्तरसरकारी भुक्तानीलाई व्यवस्थित गर्ने र मुलुकहरूको वित्तीय सुरक्षा मजबुत बनाउन सहयोग गर्दै आएको छ। आईएमएफले भुक्तानी सन्तुलनमा गम्भीर समस्या आएका बेला गरिब मुलुकलाई ऋण सहायता उपलब्ध गराउने गरेको छ। अहिले नेपालको भुक्तानी सन्तुलन ठीकठाक भए पनि कोरोना महामारीबाट उत्पन्न आर्थिक संकटसँग जुध्न पुँजी, प्रविधि र सीपको खाँचो परेको भन्दै सरकारले सहायता लिने प्रक्रिया थालेको हो।


आईएमएफले दिने सहुलियतपूर्ण ऋण सहायता मुलुकको विकास निर्माणभन्दा पनि संरचनागत सुधार र सरकारी संस्थाहरूको क्षमता अभिवृद्धिमा खर्च हुनेछ। ‘हामीलाई अहिले नयाँ संस्था खडा गर्नु आवश्यक छैन। तर, भएका संस्थाहरूको क्षमता बढाउने र ७६१ सरकारहरूबीच तादात्म्य मिलाउन केही संरचनागत सुधार गर्नुपर्ने हुन्छ’, सहसचिव नेपालले भने। धेरै सरकार भएकाले भविष्यमा हुने वित्तीय जोखिम घटाउने, बजेट खर्च गर्ने क्षमता बढाउने र सरकारी खर्चको प्रभावकारिता जाँच गर्नेजस्ता काममा आईएमएफले सघाउने भएको छ। विनय वन्जाराले अन्नपूर्ण पाेस्ट दैनिक मा खबर लेखेका छन् ।


  • Mr. Admin

थप