शेयर बजारमा दोहोरो अंकले गिरावट

  •   १ वर्ष अघि | १ असार २०७९, बुधबार

१९ वैशाख, काठमाडौं – केहि दिनदेखि ओरालो लाग्ने क्रममा रहेको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । । सार्वजनिक बिदाका कारण आइतबार बन्द रहेको कारोबार सोमबार ४८.७३ अंकले घटेर २३०७.४४ बिन्दुमा आएर रोकिएको छ ।


सोमबाट बजार २.०७ प्रतिशतले घटेको हो । आज २२८ कम्पनीको कारोबार भएको छ । आज भएको ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । आज १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज भएका कारोबारमा बसै भन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १२५६.८० रुपैयाँ कायम भयो भने नेपाल फाइनान्सको मूल्यमा नेगेटिभ सर्किट लागेर ४५९ रुपैयाँमा झरेको छ ।


  • Mr. Admin

थप