Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

श्री गणेश बाट सम्झिए पाँचखाल नगर प्रमुख खरेलले आमा

  •   ११ महिना अघि | ३ असार २०८०, आइतवार

काभ्रे पाँचखाल नगरकाे शैक्षिक ईतिहास बाेकेकाे बिध्यालय श्री गणेशले  ७२ औँ वार्षिकोत्सव शुक्रबार असार  २ गते एक कार्यक्रम गरेर मनाएकाे छ। श्री गणेश माबि काे ७२औँ वार्षिकोत्सव समारोहलाई  सम्बोधन गर्दै   पाँचखाल  नगर प्रमुख महेश खरेलले आफ्नो आामलाई सम्झिदै भने शिक्षाकाे  शुरु आमा बाट हुन्छ संसारमा आमा भन्दा ठुलो गुरु शिक्षक र बिघालय अरु छैन त्यसैले सबै आमाहरुले आफ्नो छाेरा छाेरि पढिरहेका छन् छैनन् के गर्दैछन् जानकारी राख्नु पर्छ, बाल्यकाल र आमा सम्झिदै नगर प्रमुख खरेलले  शिक्षाले विज्ञान र प्रविधिमा भएको विकास तथा पाँचखाल ५ मा राष्ट्रियस्तरका बुद्धिजीवी दिने बिधालयकाे बार्षीक उत्सबमा  निमन्त्रणाकाे लागि धन्यवाद दिदै बिधालयले गरेको कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रममा पाँचखालनगरकाे प्रमुख महेश खरेलले सरकारी बिध्यालय काे गुणस्तर र पढाइ  हालका बाेर्डीङहरु भन्दा राम्रो भएकोले आआफ्ना नानीहरूलाई महङ्गो बाेर्डीङ बाट निकालेर श्री गणेश माबि जस्तो स्कुलमा हाल्नु सम्पुर्ण अविभाबक लाई अनुरोध समेत गर्नु भयाे । राष्ट्रिय गान बजाउँदै , पानसमा बती बालेर सुरु भएको कार्यक्रम लाई तुलसी रिजालले उद्वघाेसन गर्नु भएको थियो भने सहायक प्रअ भिमसेन गिरिले स्वागत गर्नुभएको थियो । कार्यक्रम मा बिध्यालयकाे प्रगति बिबरण  प्रअ नारायण प्रसाद सापकाेटाले प्रस्तुत गरे पश्चात , उत्कृष्ट बिघार्थी लाई पुरस्कार बितरण ,नृत्य प्रस्तुत गरिनुका साथै बिध्यालयलाई याेगदान दिनु हुने  शिक्षकका तर्फबाट बिजय अधिकारी ,  सम्झना कुमारी रायमाझी , बिभिषन मैनाली , बिमला पाण्डे  तथा निबर्तमान बिध्यालय ब्यबस्थापन समिति लाई सम्मान सम्मेत गरिएको थियोे । कार्यक्रममा अम्बिका गिरी तथा उहाँको परिवारले पठाएको छात्रवृत्ति अम्बिका गिरीकाे दाजु तथा सामाजिक अभियान्ता हरिशरण गिरीले बितरण गर्नु भएको थियो । त्यसै गरि  कृप्टन एजुकेसनल कन्सलटेन्सी मार्फत रु एक लाख पच्चीस हजार बराबरकाे शैक्षिक सामग्री कन्सलटेन्सीका  प्रतिनिधी तथा शिक्षक रुद्र लाल श्रेष्ठले बितरण गर्नु भएको थियोे ।   ७२ औँ वार्षिकोत्सवमा बिघ्यालयमा पच्चीस बर्ष भन्दा बढी सेवा गर्नु भएको शिक्षक मेनुका खड्का लाई  दिर्घ सेवी शिक्षक सम्मान गरिएको थियोे । कार्यक्रममा  विशेष अतिथि वडा अध्यक्ष सिताराम ढुंगाना , पाँचखाल नगर शिक्षा साखा प्रमुख उदय प्रसाद काेईराला, तथा अतिथि प्रमाेद गिरी ,दाल बहादुर मिजारले मन्तब्य राख्नु भएको कार्यक्रमकाे  बर्तमान  बिध्यालय ब्यबस्थापन समिति  अध्यक्ष   राज कुमार सापकाेटाले सभापतित्व गर्नुभएकाे थियोे ।     

  • राम कृष्ण तिमल्सिना

थप