Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि अझ बढाउनुपर्छ’

विद्यार्थीको सिकाइ उपलब्धि

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

काठमाडौँ– सामुदायिक विद्यालयको स्तर खस्किँदै गइरहेको बेला सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि बढाउनु पर्ने आवाज उठ्न थालेको छ ।


सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको आँकडा सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत विद्यार्थीले कक्षामा सिक्न नसकेको अध्ययनले देखाएको बताउनुभयो ।


केन्द्रले २०७४ सालमा २४ जिल्लाका एक हजार चार सय विद्यालयमा २८ हजार ३८१ विद्यार्थीहरुबीच नेपाली र गणित विषयमा गरेको अध्ययनको अवस्थाका बारेमा अध्ययन गरेको थियो । महानिर्देशक पाण्डेका अनुसार गणितमा प्रदेश नं। २ र नेपालीमा गण्डकी प्रदेशको सिकाइ उपलब्धि राम्रो देखिएको छ ।


यस्तै गणितमा प्रदेश नं. ५ र नेपालीमा कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ कमजोर देखिएको छ । नेपालीमा कर्णाली, प्रदेश नं. ३ र सदूरपश्चिम कमजोर तथा गणितमा प्रदेश नं. १, प्रदेश नं. ५ र कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको प्रतिवेदनमा भनिएको छ ।


विद्यार्थीको सिकाइ राष्ट्रिय औषत उपलब्धि पाँच सय मानिएको छ । प्रतिवेदनमा पाँच सय अङ्कभन्दामाथि ल्याउने राम्रो सिकाइ र पाँच सय भन्दामुनि ल्याउने न्यून सिकाइ मानेको छ । गणितमा प्रदेश नं. २ का विद्यार्थीको सिकाइ उपलब्धि सबैभन्दा उच्च ९५२१० देखिन्छ भने प्रदेश ५ मा सबैभन्दा न्यून ९४८६० रहेको छ ।


यसैगरी राष्ट्रिय औसतसँग तुलना गर्दा प्रदेश १, ५ र कर्णालीको उपलब्धि क्रमशः ४९४, ४८६ र ४९६ राष्ट्रिय औसत ९५००० भन्दा न्यून रहेको छ । त्यस्तै प्रदेश नं। ३ र गण्डकीको क्रमशः ५०५ र ५०३ राष्ट्रिय औसतभन्दा उच्च रहेको छ भने सुदूरपश्चिम प्रदेशको राष्ट्रिय औसतसँग बराबर पाँच सय रहेको छ ।


यसैगरी नेपालीमा कमजोर सिकाइ कर्णाली प्रदेश र राम्रो सिकाइ गण्डकी प्रदेशको छ । कर्णाली प्रदेशका विद्यार्थीको सिकाइ ४८८ र गण्डकी प्रदेशको सिकाइ ५११ रहेको छ । नेपाली विषयको सिकाइ उपलब्धिमा प्रदेश नं– २ को पनि कमजोर ४८९, सुदूरपश्चिम ४९१, प्रदेश नं। ५ को ४९६, प्रदेश नंं १ को पाँच सय, प्रदेश नंं ३ को ५०६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

  • Mr. Admin

थप