Breaking News

नवआगन्तुक विद्यार्थीहरूका लागि ज्ञानकुञ्जको अभिमुखिकरण

अभिमुखिकरण

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

काभ्रे (बनेपा)– ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि ज्ञानकुञ्जको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

काभ्रे जिल्लाका उत्कृष्ट शिक्षण संस्था मध्येको एक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा सञ्चालित “Scope of Management” व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानको नारा ‘नैतिक, व्यावहारीक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज’ भन्ने मूल मन्त्र लिई सञलनमा रहेर अभिभावक र शिक्षा प्रेमीहरुका बिचमा लोकप्रिय रहेको प्रतिष्ठानले बिभिन्न समयमा विद्यार्थीहरुको स्तर बृद्धिका लागि तहगत रुपमा तालिम, सेमिनार तथा गोष्ठीहरुको आयोजना गर्दे आइरहेको छ ।

अभिमुखीकरण कार्यक्रममा नेपालकै चर्चित मोटिभेटर इन्द्र नारायण भैलले विद्याथीहरुलाई “Scope of Management” सम्बन्धी जानकारी दिनुभयो । जीवनमा के बन्ने, जीवनलाई कसरी अगाडी बढाउने, कस्ता मान्छे बन्ने लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुले पढेर मात्र नहुने वताउदै जीवनलाई कसरी अगाडी लैजाने वताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाको उपस्थिति रहेको थियो । कार्यक्रममा सहायक कलेज प्रमुख , सहायक प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरुलाई स्वागत तथा आगामि शैक्षिक भविष्य प्रति जिम्मेबार भई विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्ती गरि राखुन भन्ने कामना पनि व्यक्त गर्नुभयो ।

प्रबन्ध निर्देशक बैद्यले कक्षा ११ मा अध्ययन गर्न आउनुभएका नव आगन्तुक विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै स्वागत गर्नु भयो । निर्देशक वैद्यले सामाजिक रुपान्तरणका लागि आफू भन्दा ठूलालाई आदर, सानालाई माया, स्नेह दिने बानी बसाली समाजमा उदारहणीय व्यक्तित्व बनि विभिन्न दुःख, पिडा र समस्याका बाबजुत यो अवस्था सम्म ल्याई पुर्याउनु हुने अभिभावक ज्यूहरुलाई सदा सर्वदा खुसि राखेमा जीवनमा कहिले पनि असफल हुनु नपर्ने तथ्य जानकारी गराउनु भयो । सहायक प्रिन्सिपलले यस संस्थामा आवद्ध हुन आउनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई आगामि दुई वर्षको अवधिभर निश्चिन्त भई गुणस्तरीय शिक्षा तथा आवश्यक शैक्षिक तथा अन्य क्रियाकलापहरुको चरणवद्ध रुपमा सञ्चालन गरिने प्रतिवद्धता गर्दै स्वागत कार्यक्रमको समापन गरेका थिए ।

  • Mr. Admin

थप