जुवाखाल बाट वडा अध्यक्ष सहित कांग्रेस र एमाले नेता प्रकाउ

  •   १ महिना अघि | ८ भदौ २०८०, शुक्रबार

काभ्रेको पाँचखाल नगरपालिकामा तास खेलिरहेको अबस्थामा प्रहरीलेे शुक्रबार वडा  अध्यक्ष सहित कांग्रेस र एमाले नेता  लाई प्रकाउ गरेकाे छ। जिल्ला प्रहरी कार्यलय काभ्रेका एसपी भागेन्द्र  पुरुष ढकालले  विशेष सुराकीकाे आधारमा  तास खेलिरहेको अबस्थामा प्रकाउ गरेको बताए । रिपोर्टका अनुसार जुवा खेलिरहेको अवस्थामा पाँचखाल १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवार, हरि ठकुरी, मित्र भुजेल लगायतका नाम चलेको ब्यक्ति र  सात जना एमाले र काँग्रेस नेताहरू नगरपालिका सँगैको  घरबाट पक्राउपरेका छन् । जुवा खाल बाट प्रहरीले एक लाख नब्बे हजार सहित प्रकाउ गरेको जानकारी छड्के न्युज लाई प्राप्त भएको छ। 

  • Chhadke Online

थप