निरजले गरे आत्महत्या

  •   २ महिना अघि | १ भदौ २०८०, शुक्रबार

काभ्रे काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ४ टौखालका बस्ने घनश्याम सापकोटाको छोरा बर्ष १४ निरज सापकोटा  आफ्नै घरमै झुण्डिरहेको अवस्थामा फेला परेका छन् ।  मृतक निरज सामुदायिक बोडिङ स्कुल पनौतीको कक्षा ७ मा पढ्ने गरेको पाइएको छ । बिहिबार दिउँसो करीब २ बजेतिर  उनी आफ्नै घरको झ्यालमा झुण्डी मृत्यु भएको अवस्था फेला पारेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी बोहोराले जानकारी दिएका छन् ।

     घटनाको बारेमा जानकारी भए लगतै पनौती चौकीबाट प्रहरी घटना स्थलमा पुगिसकेको बोहराले जानकारी दिनुभयो । सापकोटा आफ्नै घरको कोठाको झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डि रहेको अबस्थामा फेला पारेको प्रहरीले जानकारी दियो ।

      खबर प्राप्त हुनसाथ प्रहरी चौकी पनौतीबाट प्र.ना.नि. रामहरी रिजालको कमाण्डमा टोलि खटी गई घटनास्थल पुगी मुचुल्का उठाई पोष्टमार्टमका लागि धुलिखेल अस्तपाल पठाईएको बोहराले जानकारी दिनुभयो । मृतक निरज सामुदायिक बोडिङ स्कुल पनौतीको कक्षा ७ मा पढ्ने गरेको पाइएको छ । घटनाका बारेमा थप अनुशन्धान शुरु भईसकेको डिएस्पी बोहोराले जानकारी दिनुभयो ।

  • Chhadke Online

थप