Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

राष्ट्रपति भवन बाहिर भेला भएका प्रदर्शनकारीमाथि गोली चल्यो, सात जनाको मृत्यु, स्थति तनावग्रस्त

राष्ट्रपति भवन बाहिर भेला भएका प्रदर्शनकारीमाथि गोली चल्यो

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

काठमाडौं । सैन्य शासनको विरोध गर्दै भएको प्रदर्शनका क्रममा सात जना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा सैन्य शासनको विरोध गर्दै भएको प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु भएको हो । प्रदर्शनमा १ सय ८१ जना घाइते भएका छन् । राष्ट्रपति भवन बाहिर भेला भएका प्रदर्शनकारीलाई तितरबितर गर्ने क्रममा सेनाले कयौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै गोली प्रहारसमेत गरेको थियो । गत जुन ३ तारिखमा राजधानी खार्तुममा भएको प्रदर्शनपछी भएको यो नै दोस्रो बिशाल प्रदर्शन हो ।

प्रदर्शनमा १० लाख मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले सैनिक शासन आफूहरुलाई मान्य नहुने भन्दै नागरिक शासन लागू गर्न माग गरेका छन् । सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैंले लिएको थियो । सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।

इजरायली प्रहरीले जेरूसेलम मामिला हेर्ने प्यालेष्टिनी मन्त्रीलाई सामान्य सोधपुछका लागि आइतबार बिहान पक्राउ गरी केही घण्टापछि रिहा गरेको छ । मन्त्री फादी अल–हदामीलाई आइतबार बिहानै पूर्वी जेरूसेलमबाट पक्राउ गरिएको थियो । उनले इजरायली कानूनको बर्खिलाप हुनेगरी इजरायल–प्यालेष्टाइन सीमा क्षेत्रमा इजरायल विरोधी गतिविधिलाई प्रोत्साहन गरेको आरोपमा पक्राउ गरिएको हो ।

‘हदामीलाई सोधपुछका लागि पक्राउ गरिएको र सामान्य सोधपुछपछि तत्काल रिहा गरिएको छ,’ इजरायली प्रहरीका प्रवक्तालाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्यालेष्टिनी मन्त्रीका वकील मोहम्मद जिबाराले भने, ‘उहाँले चिलीका राष्ट्रपतिलाई अल–अस्का मस्जिद परिसरमा पुग्न सघाएको लगायत इजरायली कानून विरोधी गथिविधि गरेको आरोपमा सोधपुछ गरी रिहा गरिएको छ ।’ मन्त्री अदामीलाई आइतबार दिउसो नै रिहा गरिएको उनले बताए ।

गत मंगलबार चिलीका राष्ट्रपतिलाई प्यालेष्टिनी धार्मिकस्थल जाँदा साथमा लगेको बताइएको छ । सान्टियागोका राष्ट्रप्रमुखलाई सँगै लाँदा इजरायली समजदारीको उल्लङ्घन गरेको भन्दै सोधपुछ भएको इजरायली अधिकारीले बताएका छन् । यहुदी समुदायले टेम्पल माउन्टका रूपमा चिन्ने अल–अस्का मक्का मदिनापछिको तेस्रो प्रसिद्ध धार्मिकस्थल हो, जुन प्यालेस्टाइनको पश्चिमी पर्खालभन्दा माथि रहेको र यसलाई इजरायल–प्यालेष्टिनी द्वन्द्वको अत्यधिक सम्वेदनशिल बिषयकारूपमा लिने गरिन्छ ।

  • Mr. Admin

थप