Breaking News

मण्डनदेउपुरमा बेथितिका चाङ : १३ वटा आरोप लगाउँदै कसले गर्यो अख्तियारमा उजुरी

अख्तियारमा उजुरी

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

२६ वैशाख, मण्डनदेउपुर – मण्डनदेउपुर नगरपालिका बेथितिले भरिएको तथ्य सार्वजनिक भएको छ । निवर्तमान नगरप्रमुख टोकबहादुर वाइवाको नेतृत्वमा नगरपालिकामा करोडौं भ्रष्टाचार हुनुका साथै कमिशनमा काम गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको तथ्य सार्वजनिक भएको हो । मेयर टोकबहादुर वाइवाले पाँच वर्ष नगरमा सरकार चलाउँदा १३ करोड भन्दा बढी बेरुजु भएको छ । खल्तीका योजना, करमा सेटिङ, घर अगाडी पर्खाल, जग्गा खरिदमा अनियमितता, छोराको नाममा क्रसर, ईट्टा भट्टा दर्त गर्दा कमिशन, सार्वजनिक खरिद ऐन मिचेर करोडौंको खरिद, गाडी मर्मतका लाममा लाखौं रकम घोटाला गरेको आरोप उनिमाथि लाग्दै आएको छ ।


उजुरीकर्ताले लगाएको १३ वटा आरोममा टकिङ टिचरका नाममा आर्थिक वर्ष २०७५/०७६ मा ३४ लाख र पोषाकका नाममा आर्थिक वर्ष २०७६÷०७७ मा ५५ लाख गरी ८९ लाखको कारोबारको तत्कालिन मेयर टोकबहादुर वाइवाका स्वकिय सचिव गणेश पराजुलीमार्फत चेक कलेक्सन गरेर एउटै एउटै व्यापारीसँग कमिशनमा कारोबार गरेको आरोप छ । यसैगरी वाइवाले आफ्नो घर अगाडी वाल लगाउन तीनवटा योजना बनाएर पटक पटक बजेट हालेर वाल लगाएको विषयलाई उठाइएको छ ।


त्यसैगरी साठिकुरियाको काँग्रेसभिरमा कमिशन खाएर कर नलिइ ढुंगा बिक्री गर्न दिएको, आफैं अनुगमन समितिको संयोजक बसेर मापदण्ड नपुगेको ठाउँमा छोराको नाममा क्रसर दर्ता गराएको वडा नं. १ मा वडाले सिफारिस गरेको दुई वर्षसम्म देवी इट्टा भट्टालाई दुई वर्ष रोकेर २०७६/९/१ मा वडाबाट आएको सिफारिसमा २०८७ साल कार्तिक १४ गते अनुमति दिएको, आफ्नै भाइ पर्ने चमारसिं तामाङ र चन्द्रकुमार तामाङलाई सुपरभाइजरका नाममा नियुक्ति गरेर काम नै नगरी घरमा बसी बसी तलव खाने वातावरण मिलाइदिएको आरोप वाइवालाई लागेको छ ।


यस्तै नगरपालिका भवन बनाउन जग्गा खरिद गर्ने नाउँमा गरिब किसानहरूको जग्गा ५० हजार रुपयाँ प्रतिआनामा किनेर, वडा अध्यक्ष नारायण लम्साल, के.पी. सापकोटा र केही अन्य व्यक्तिहरूको जग्गा ७० लाख रुपयाँ प्रतिआनामा खरिद गरे ठूला आर्थिक चलखेल गरेको निवेदनमा उल्लेख छ ।

  • Mr. Admin

थप