Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

धनगढी पुगेर प्रचण्डले भने, काँग्रेसको विश्वास नगर्नु धोका दिनसक्छ

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

२६ वैशाख, धनगढी — स्थानीय निर्वाचको प्रचारका लागि धनगढी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कार्यकर्ताहरूलाई काँग्रेसको विश्वास नगर्न आग्रह गरेका छन् । आज धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरेका हुन् ।

सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशंका व्यक्त गरेको इकान्तिपुर डटकमले सचारचार प्रकाशन गरेको छ ।

उनले धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको समेत बताए । ‘बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन‚’ उनले भने, ‘कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ । त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ ।’

कैलारी गाउँपालिकामा गठबन्धनको सहमति माओवादीलाई अध्यक्ष र उपाध्यक्षमा कांग्रेसलाई उम्मेदवार बनाउने भन्ने थियो । तर‚ सहमति बन्नुअगावै कांग्रेसबाट टिकट पाइसकेका रामसमज चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिए । पार्टीले प्राविधिक कारणले उनको उम्मेदवारी रद्द गराउन सकेको थिएन । गठबन्धनले उनलाई आधिकारिक उम्मेदवार भने मानेको छैन । उनी चुनावी प्रचारमा छन् ।

कांग्रेसको उम्मेदवारीपछि उपाध्यक्षमा माओवादीकी लक्ष्मी सत्वगौवा चौधरीले पनि उम्मेदवारी दिएकी छन् । उनले पनि अहिलेसम्म उम्मेदवारी फिर्ता लिएकी छैनन् । माओवादीले पनि गठबन्धनको सहमतिविपरीत सत्गौवा चौधरीका लागि मत मागिरहेको छ ।

  • Mr. Admin

थप