२४ वैशाख, काभ्रेपलाञ्चोक – एकीकृत नेकपा समाजवादीका केन्द्रीय सदस्य तथा मण्डन देउपुर नगरपालिकाका निवर्तमान प्रमुख टोकबहादुर वाइवाले नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको तथ्य एक पछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् ।
हरेक निर्णय आफु अनुकुल हुनेगरी गराउन अनेक हत्कण्डा अपनाउने गरेका वाइवाले विभिन्न शिर्षकमा बजेट हाली दुरुपयोग गरेको तथ्य बाहिरिएको हो । पटक पटक अख्तियारबाट पत्र काटिएपनि वाइवाले सेटिङमा बजेटहरू चलाउने गरेका थिए । असुली धन्दाका लागि कर्मचारी नै राख्ने वाइवाले स्वकिय सचिव गणेश पराजुलीमार्फ चेक कलेक्सन गर्न लगाएर टकिङ टिचरका नाममा ३४ लाख र पोषाक वितरणका नाममा ५५ लाख कमिशनमा एउटै व्यक्तिबाट विना टेण्डर खरिद गरिएको छ भने राम लामा, आइतमान तामाङ र वडा नं. १० का बिष्णुमणी नेपालसमेतको मिलिमतोमा एकीकृत नमुना बस्ती निर्माणका नाममा २१ वटा गर बनाउनु पर्नेमा १० वटा बनाएर पुर्ननिर्माण प्राधिकरणबाट पुरै पैसा भुक्तानि लिएर नगरपालिकाबाट समेत १० लाख भुक्तानि लिएको आरोप लागेको छ ।
केही आसेपासेलाई हातमा लिएर मापदण्ड नपुगेका ठाउँमा वातावरणीय प्रभाव मूल्याङ्कन समेत स्विकृत नगरी छोरालाई क्रसर दर्ता गराउने, छोरालाई ठेकेदारहरुसँग मिलाएर ठेक्कामा ढिलासुस्ती राउने तथा कमिशन उठाउने गर्दै आएका उनले राजस्व छलीबाट मात्र चार करोड भन्दा बढी अपचलन गरेका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा रु. ७ करोड ७५ लाख ५१ हजार ८ रुपयामा भएको गिट्टी बालुवा उत्खनन् तथा बिक्री कर को टेण्डर गरेर रु. ४ करोड २५ लाख ६ हजार ९ सय ८२ रुपयाँमा सम्झौता गरेर रु ३ करोड ५० लाख ६८ हजार १ सय ८३ रुपयाँ ठगि गरेका छन् । यसरी कमिशनको चक्करमा ठेक्का कबोल गरेको भन्दा कम रकममा सम्झौता गरेकोल सो रकम असुल गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयले निर्देशन गरेको छ ।
-
Mr. Admin