१३ असार, काठमाडौं – हरिया बनस्पती र बाली नाली समेत नष्ट पार्ने सलह किरा नेपालमा प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराको ४ वटा झुण्ड देखिएको जनाएको छ ।
बाराको जीतपुर सिमरा नगरपालिका र निजगढ नगरपालिकामामा सलह किराको प्रवेश देखिएको हो । सलह किराको झुण्ड देखेपछि स्थानीय किसानहरुले मन्त्रालयमा जानकारी दिएको जनाइएको छ ।
केहि समय अघि नेपालमा सलह किराको प्रवेश हुन सक्ने भन्दै मन्त्रालयले विज्ञ समूहको समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो ।
सलह एक प्रकारको फट्याङ्ग्रा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ । सलहको वैज्ञानिक नाम सिस्टोसेर्सा ग्रेगरीया हो । कृषि बालीमा यसले अमेरिकी फौजी किराको भन्दा बढी क्षति पु¥याउँछ ।
यो कीरा करोडौंको संख्यामा हुने गर्दछन् । यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ ।
यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ । जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन् ।
भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो।
अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह नेपाल छिरेको हो। यसबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ। सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्याउँछ।
- Mr. Admin