Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

समयमा मल नल्याउने ठेकेदारको जमानत जफत

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

२१ भदौ, काठमाडौं– समयमा मल नल्याएर किसानलाई समस्यामा पार्ने ठेकेदारको जमानत जफत भएको छ । सरकारले समयमा मल उपलब्ध नगराउने २ ठेकेदार कम्पनीको ५५ करोड धरौटी जफत गरेको हो ।


ति दुवै कम्पनीलाई कालोसूचीमा राख्न कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ । आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ । संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई ठेक्का दिइएको थियो ।


शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । शक्तिको दुरुपयोग गरेर ठेक्का हात पारेको आम गुनासो रहेको छ । त्यसैगरी अर्को होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् । स्रोतका अनुसार ति दुवै कम्पनीले समयमा मलको आपूर्ति गर्न नसकेपछि धरौटी जफत गरी कालोसूचीमा राख्ने तयारी गरिएको हो ।


मलको आपूर्ति र वितरण दुवैमा गडबडी हुने गरेको निष्कर्ष निकाल्दै कृषि मन्त्रालयले निकालेको छ । मन्त्रालयले दुवै ठेकदारलाई कारवाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको बताइएको छ ।


विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निष्कर्ष छ । अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीय तह ९नगरपालिकारगाउँपालिका० मार्फत किसानसमक्ष पुर्याउने गरी कृषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको मन्त्रालयले जनाएको छ । ठेकेदारलाई कारवाही र सहकारीको सिन्डिकेट तोड्ने तयारी मन्त्रालयले गरेको छ ।

  • Mr. Admin

थप