चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात

  •   १ वर्ष अघि | १ असार २०७९, बुधबार

काभ्रे सिन्धुपाल्चोक जिल्लाको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट बिहीबार चाईनीज थप २ सय ३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ ।तातोपानी नाका भएर बुधवार पनि २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । यसरी भित्रिएको रासायनिक युरिया मल ल्याब टेस्ट गरी शुक्रवार नै राजधानी पठाइएको छ । चाईना बाट ८ कन्टेनरमा आएको २ सय ३२ मेट्रिक टन युरिया मल आज ल्याब टेस्ट गरी राजधानी पठाइने तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले बताउनुभयो । खेति को सिजन भएकोले

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । शिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो।


  • Mr. Admin

थप