Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

जिसस प्रमुख गौतम तथा सिडियाे पाैडेल एक्सनमा

  •   १ वर्ष अघि | ३ बैशाख २०८०, आइतवार

काभ्रे ; काभ्रे जिल्लाको अरनिको राजमार्ग धुलिखेल खावा सडक  स्तरोन्नति गर्ने कार्यको लागि २०७९ मा टेन्डर भएको थियो । २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा गौरी पार्वती निर्माण सेवा प्रा.लिले २०७९।२।२० गते ठेक्का पारेर कार्य  सुरु गरेता पनि सम्झौताको समय ५० प्रतिशत सकिँदा १० प्रतिशत मात्रै कार्य सकिएकोले साथै सडकको अवस्था तहस नहस भएकोले समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालयले चैत २९ गते  छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलमा ७ दिन भित्रमा कामलाई रफ्तारमा लान नसके ठेक्का रद्द गरेर अन्य बाटो अवलम्बन गर्ने र यातायात सञ्चालनमा सहज वातावरण निर्माण गर्न तत्कालै सडकको खाल्डा खाल्डी पुरेर सहज ढंगबाट यातायात सञ्चालन हुने वातावरणको लागि पहल गर्ने सो कार्यमा सडक डिभिजन कार्यालय भक्तपुरकाे सहयोग लिएर अगाडि बढ्ने जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले बताउनुभएकाे थियोे । यसरी समय दिएको करिब एक हप्ता बितिसक्दा पनि ठेक्का पाएको कम्पनीले विश्वासको वातावरण तयार नगरेकोले बैसाख ३ गते आईतवार जिल्ला प्रहरी काभ्रेको टाेलि सहित जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतम र काभ्रे प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल  एक्सनमा  उतरेर ठेकेदार कम्पनी र ठेकेदार लाई उपस्थिति गराई साेहि दिन रात परेपनी सडक बनाउने र खाडल पुर्न लागि परेका छन् ।  विगतमा जे जति बिग्रियो अबको दिनमा बिग्रन दिन नहुने बताउँदै खन्न नपर्ने ठाउँमा खनेर बिगारेकोले  तत्कालै सडकको खाल्डा खाल्डी पुरेर सहज ढंगबाट यातायात सञ्चालन गर्ने बाताबरण बनाउन काभ्रेको सिङ्गो टिम लागि परेको र यश कार्यमा जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले पुर्ण सहयोग गरेको काभ्रे प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल बताउनु भयो।निर्माण व्यवसायीले विश्वासको वातावरण तयार नगरे ठेक्का रद्ध गर्नुको विकल्प नभएको प्र.जि.अ पौडेलले बताउनु भयो । विगतमा जे जति बिग्रियो अबको दिनमा बिग्रन दिन नहुने बताउदै  गाैतमले भन्नू भयो भोलिबाट सहज ढंगबाट सवारी साधनहरू  आवागमन हुनुपर्छ‚ यदि नभएमा हामीले नागरिकसंग सहकार्य गरेर बाटो बनाउँछौं । राजमार्गमा यात्रा गर्ने नागरिकले दुःख पाउनु हुँदैन हामी नागरिकको हितको पक्षमा कार्य गर्न तयार छौं ।आगामी असार महिना सम्म उक्त सडक खण्डको चार किलोमिटरको दुरिमा टेवा पर्खाल‚ नाला निर्माण‚ ग्राभेल गर्ने कार्य समेत ३० प्रतिशत कार्य सम्पन्न गर्न नसक्ने हाे भने कार्वाही गर्नुकाे बिकल्प छैन ।आईतवार एक्सनमा उत्रिएका जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतम र काभ्रे प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल संग स्थानीयले माटो र ढुंगा पेटी ठेकदारले चोरेर बेचेकाेले समस्या आएको गुनासो गरे । गौरी पार्वती निर्माण सेवा प्रा.लिका  निर्माण व्यवसायीले पेटी ठेकेदारलाई काम जिम्मा दिइएकाे र उनीहरूबाट काम भनेजस्तो नहुँदा समस्या भएको बताए  । निर्माण सम्पन्न गर्नुपर्ने समय १२ महिना बाँकी छ अव लगातार कार्य गरेर निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनी लाग्ने बताए । एक्सनमा उत्रिएको जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतम र काभ्रे प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल र प्रहरी प्रसासनकाे जनताले वाहवाहि गरेका छन् ।

  • संन्जीब घिमिरे (दधिराम )

थप