६ वैशाख, काठमाडौं – मन्त्री परिषद्को बैठकले काठमाडौं, भक्तपुर र ललितपुर सहति देशका मुख्य शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले काभ्रेको बनेपा धुलिखेल लगायतका बजारका विद्यालय समेत बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्ला दिनहरुमा विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढेको र नयाँ भेरियन्टको भाइरस समेत फैलिन थालेपछि जोखिम न्युनिकरणका लागि विद्यालयसहित बढी भीडभाड हुने तथा स्वास्थ्य मापदण्ड पालना गर्न गाह्रो पर्ने क्षेत्रहरु पनि बन्द गरेको छ ।
मन्त्रीपरिषद्ले तल्कालका लागि काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, चितवन, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, घोराही, तुलसिपुर र भीमदत्तनगर लगायत शहरका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले विद्यालयहरुमा कोरोना संक्रमण फेला परेपछि र संक्रमणको जोखिम उच्च रहेको निष्कर्षसहित सरकारले वैकल्पिक (अप्रत्यक्ष) विधिबाट कक्षा सञ्चालन गर्न सुझाव दिँदै भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको हो ।
- Mr. Admin