Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

नेपाल प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन ;नवनियुक्त आईजी थापा

  •   २ महिना अघि | ४ चैत्र २०८१, मङ्लबार

काभ्रे   नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले आज चैत ५ गते गृहमन्त्रालयमा आईजीको दर्ज्यानी चिह्नबाट ग्रहन गरेपछि मन्तव्य दिंदै  प्रहरीमा सुधार आवश्यक रहेको बताएका छन् ।प्रहरीको सर्वोच्च पदमा पुग्नुले थप जिम्मेवारी बोध भएको थापाले बताएका छन् ।  समाजमा देखिने राम्रा र नराम्रा पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी अछुतो छैन । प्रहरी समाजको आवश्यकता र उपज पनि हो । नेपाल प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेभन्दा प्रहरीमा सुधार आवश्यक छ । त्यसका लागि साइत कुरेर नबस्ने थापाले बताए ।प्रहरीमा सुधारको प्रारम्भआफैंबाट हुने पनि उनले बताए । सधुारको प्रारम्भ कोही र कसैबाट होइन मभित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन ।  म मरो सहकर्मी लगायत सकल दर्जाहरुमा अनुरोध गर्न चाहान्छु ।  कुनै पूर्वाग्रहको भावना नराखी निश्पक्ष भई काम गर्ने प्रतिबद्धता गर्दै कार्य क्षमताको उचित मूल्यांकन, नेतृत्वको क्षमताको तत्काल सजाय र पुरस्कारमार्फत गरिने समन्वयतान्म भूमिकामा म निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गदर्छु’, उनले थपे ।पहुँचको हैन पद्धतिको थिती बसाल्न आफू हरहमेशा प्रयत्नशील रहने उनको भनाइ छ ।नेपाल प्रहरीको क्षमता अभिवृद्धिका लागि  सदस्यहरुको न्यूनतम मानवीय आवश्यकता र स्रोत साधनको सुनिश्चतता, वृद्धि विकासका अवसरहरुको पहुँच निश्पक्ष सांगठनिक सुदृढीकरणका लागि नेपाल प्रहरीकाे समस्यामा गृहमन्त्रालयको सद्भाव र अभिभावकत्व निरन्तर प्राप्त हुनेछ भन्ने नेपाल प्रहरी र आफू आश्वस्त रहेका उनले बताए ।

  • शम्भु प्रसाद रिमाल

थप