Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल

  •   १ महिना अघि | २३ चैत्र २०८१, आइतवार

काभ्रे ।    धुलिखेल नगरपालिकाबाे वडा नं. ५ मा आईतवार रास्वपाले वडा अधिबेशन सम्पन्न गरेको छ।वडा भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जिल्ला सचिब जिएन सापकोटा,  जिल्ला सदस्य सरिता केसी ,क्षेत्रीय सभापति तारा बहादुर कुवर, क्षेत्रीय सचिव प्रकास तिमल्सिना , धुलिखेल नगर सभापति माधब श्रेष्ठ , बनेपा नगर सभापति  सुरज मकै र पनौतीका नगर सभापति लगाएतका नेताकाे  उपस्थिति रहेको थियो ।आईतवार सम्पन्न वडा भेलामा प्रबिण श्रेष्ठको सभापतिमा ११ सदस्यको टीम निर्वाचित भएका छन् । उक्त टीममा उपसभापति नरेश चौधरी, सचिबमा प्रमेश कर्माचार्य, सदस्यहरु शर्मिला जोशी कार्की, संगीता माझी साही, साहिल साही, बिनय श्रेष्ठ, प्रमिला सुवाल, अक्कल बहादुर नापित, धुर्व जोशी श्रेष्ठ र बिजय सुवाल रहेका छन् । धुलिखेल संगठन बिभागको प्रमुख रबिन्द्र कर्माचार्यको कुशल नेतृत्वले रबिन्द्र कर्माचार्यको जन्म थलाे  धुलिखेल-५  घण्टीमय बनेकाे छ । पार्टी बिस्तार तथा वडा कमिटी गठन गर्ने क्रममा एमाले, काङ्ग्रेस र माओवादी पार्टी परित्याग गरि आईतबार  ४७ जनाले रास्वपामा प्रवेश गरेकाे  धुलिखेल संगठन बिभागको प्रमुख रबिन्द्र कर्माचार्यले बताए। रास्वपा नेता रबिन्द्र कर्माचार्यकाे कर्मथलो धुलिखेल-४ भएपनी जन्मथलो धुलिखेल-५ भएको कारण  धुलिखेल ५ घण्टीमय बनाउन कर्माचार्यको ठुलो भुमिका देखिएको हो । धुलिखेल ४ का निबर्तमान वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस परित्याग गरि रास्वपमा प्रबेश गरेका कर्माचार्य रास्वपा राजनीतिमा ठूलो फट्को मारेको रास्वपा नेताले बताए  ।उनले आफु मात्र होइन धुलिखेल नगरभित्र रहेका नेकपा एमाले र नेपाली काङ्ग्रेसका धेरै बाैद्विक र दिगज ब्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल गराई सकेका छन् ।

  • सुशील राज गिरी

थप