Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा

  •   २ महिना अघि | २० चैत्र २०८१, बिहिबार

काभ्रे    काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन आउने सुचना पाए संगै काठमाडौं महानगरपालिकामा आज कार्यालय समयदेखिनै लफडा चल्यो । प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गरे तर  कार्यकक्षमा  पस्न पाएनन्  ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ताला लगाउन लगाएर चाबी लिएर गएको आरोप कर्मचारीहरुको लगाएका थिए  ।महानगरमा कर्मचारी आन्दोलित भइरहँदा बालेन शाह आज काभ्रेपलाञ्चोक जिल्ला पुगेका थिए । उनी काभ्रेको पाँचखाल नगरपालिकाकाे केराघारीस्थित एक लस्सी सेन्टरमा लस्सि  खाना पुगेको जानकारी प्राप्त भएको छ।बिहान ९-१० बजेको समयमा आउनु भएको थियो,’ हाेटल संचालक साेभा गिरीले भन्नुभयाे, ‘हतारमा हुनुहुन्थ्यो होला धेरै समय बस्नु भएन । यहाँबाट कता जानु भयो थाहा भएन ।पाँचखाल केराघारी एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टरमा पुगेका बालेन लस्सी खाएर निस्किएका थिए ।बालेनको अनुपस्थितिमा बसेको बैठकले  प्रशासकीय अधिकृत लाई हाजिर गराउने निर्णय गर्‍यो र ढोका फोरेर प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरे ।कर्मचारीले ३ महिनायता प्रमुख प्रशासकीय अधिकृत नभएकाले तलब पाउन नसके पनि मेयर शाह भने सामाजिक सञ्जालमा स्टाटस लेखेर भाग्न खोजेको र कर्मचारीको बेवास्ता गरेको भन्ने आरोप लाग्यो । महानगर उपप्रमुख सनिता डंगोलले नै सामाजिक सञ्जालमा लेख्ने मात्र नभएर कार्यालयमै उपस्थित भएर बालेनले समस्या समाधान गर्नु पर्ने बताएकी थिइन् ।

  • सुशील राज गिरी

थप