Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा

  •   २ महिना अघि | ५ चैत्र २०८१, बुधबार

काभ्रेपलान्चोक  । धुलिखेल अस्पतालको एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुन (आइतबार) आत्महत्याको प्रयास गरेपछि सिर्जीत घटनाको बिषय बुझ्न काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स ,धुलिखेल अस्पतालको मानसिक रोग विभागका दुई चिकित्सकमाथि नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ । मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवरलाई किन कारबाही नगर्ने भन्दै मेडिकल काउन्सिलले स्पष्टीकरण साधेको हो धुलिखेल अस्पतालको एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुनमा आत्महत्या प्रयास गर्नुको कारणमा चिकित्सकले निरन्तर दिएको मानसिक दबाब र गालीगलौज गरेको विद्यार्थी तथा   आवासीय चिकित्सकहरूको आरोप थियो । उक्त घटना मिडियामा आए पछि अनुसन्धानकाे क्रममा धुलिखेल अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई निलम्बन गर्दै आरोपित चिकित्सक र पीडित दुवै पक्षको १८ फागुनमा  काउन्सिलले बयान लिएको थियो ।अनुसन्धानको क्रममा दुई चिकित्सक बढी केन्द्रित देखिएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेका  काउन्सिलका एक सदस्यले बताए काउन्सिलले विभागमा कार्यरत चार चिकित्सकलाई काम नगर्न एक हप्ताको लागि निलम्बन गर्दै अनुसन्धान सुरु गरेको थियो ।घटनापछि काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा.विश्वराज दवाडी, सहसंयोजक डा. कुन्जाङ शेर्पा र सदस्यहरू डा. आनन्दकुमार शर्मा, डा. रूपक बीके घिमिरे र राजेश्वर अधिकारीको पाँच सदस्यीय समितिले बयान लिएको थियो ।निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम-कारबाही गर्न नदिने जनाउँदै समितिले प्रतिवेदन पेस नगर्दाको अवधिसम्मका लागि मानसिक विभागमा कार्यरत शिक्षकहरूलाई शैक्षिक, चिकित्सकीय र एसोसिएट डीनको हैसियतमा काम काजमा संलग्न नगर्ने र नगराउने जनाएको छ ।उनीहरूले दिएको स्पष्टीकरणका आधारमा कस्तो कारबाही हुने भन्ने निर्णय हुने तीकाउन्सिलले बताएकाेछ ।घटना पहिलो नभई यसअघि पनि पटकपटक भएको उनीहरूको आरोप छ ।
निरन्तर शिक्षकले आफूमाथि मानसिक यातना र गाली गलोज गरेकै कारण आत्महत्या प्रयास गर्न बाध्य भएको पिडित चिकित्सकले बताइन् ।उनका अनुसार डा. अजय लगायतका अन्य चिकित्सकले बिरामीकै अगाडि फाइल फाल्दै प्रत्येक दिन गाली गरिरहन्थे । शिक्षकबाट हुने गरेको मानसिक तनाबकै कारण आफूमा डर पैदा भएको र त्यसले आफ्नो अध्ययनको गुणस्तर पनि खस्किएको साथै आत्महत्या गर्ने अबस्थामा पुगेको  बताइन् ।याे घटनाले धुलिखेल अस्पतालमा सेवाग्राहि बिमारी र डाक्टर समेत धुलिखेल अस्पतालले दिने सेवा र लापरबाहीबाट कति सम्म पिडित छन् र यसलाई अस्पताल प्रसासनले गरेको हेल्चकाराई रुपमा आम मानिसले बुझेका छन्।

  • सुशील राज गिरी

थप