Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल

  •   २ महिना अघि | १९ चैत्र २०८१, बुधबार

काभ्रे अरनिको राजमार्ग अन्तरगत पर्ने धुलिखेल खावा चार किलोमिटर सडक २० करोड १९ लाखमा २२ महिना भित्र  मिति २०८० काे चैत महिनामा चौडा गरी स्तरोन्नति गर्ने गरी गौरी–पार्वती निर्माण सेवा सँग सडक डिभिजन कार्यालय भक्तपुरकाे सम्झौता भएकोमा  ३४ महिना बितिसक्दा पनि निर्माण कम्पनीले ३८ प्रतिशत मात्र काम सकेको छ ।सडक डिभिजनका प्रमुख सुमन योगेशका अनुसार गौरी–पार्वती निर्माण कम्पनीलाई निर्माण कार्य सञ्चालन गरी समयमा काम  सम्पन्न गर्न पटक–पटक पत्राचार गर्दासमेत चासो नदेखाएपछि सडक डिभिजन कार्यालय भक्तपुरले १५ फागुनमा ठेक्का रद्द गरिसकेको बताए ।समयमा ठेक्का नताेडेर फेरि बर्षातकाे समय सुरु हुने समयमा  ठेक्का किन ताेडेकाे भन्दै प्रश्न गरेका रास्ट्रीय स्वतन्त्र पार्टीको क्षेत्र  नं. २ सभापति डाक्टर तारा बहादुर कुवरले प्रश्न गर्दै  अब कस्काे जिम्मा हाे साथै सडक डिभिजन कार्यालय भक्तपुरकाे तयारीकाे बिषयमा  प्रश्न र ध्यानाकर्षण गराएका थिए ।रास्ट्रीय स्वतन्त्र पार्टीको क्षेत्र नं. १ का क्षेत्रीय सभापति अधिबक्ता मधु कुमार चाैलागाईले काभ्रे क्षेत्र नं. १ काे अधुरा र नबनेको बाटोकाे बिषयमा प्रश्न गर्दैधुलिखेल  सिन्धुलिकाे बाटाेकाे बिषयमा खबरदारी गरेका थिए ।काभ्रे जिल्ला भर निर्माणधिन अलपत्र सडकखण्ड धुलिखेल सडकखण्ड,तेमाल सडकखण्ड,नगरकोट-सिपाघाट सडकखण्डकाे बिषयमा प्रश्न गरेका रास्वपा काभ्रे जिल्ला सभापति प्रबिन कुमार ढकालले  दर्जनौं सडकखण्डमा भैरहेको ढिला सुस्ति,बदमासीको विषयमा डिभिजन प्रमुख सुमन योगेश र सम्बन्धित सडकखण्डका इन्जिनियर सहितको टिम सङ्ग तत्कालै निर्माण कार्यलाई तीव्रता र सहजीकरणका लागि बिशेष खबरदारी गरेका थिए ।प्रश्न काे उतरमा धुलिखेल खावा सडकमा निर्माण कम्पनीले ३८ प्रतिशत काम गरेर २८ प्रतिशत भुक्तानी लगिसकेको  सडक डिभिजनका प्रमुख सुमन योगेशले बताए। गाैरी पार्बतीकाे ठेक्का ताेडिएकाे  छ नयाँ ठेक्का आह्वान भएको छ । ठेक्का नलागे सम्म सडक डिभिजन कार्यालय भक्तपुरले सम्पुर्ण जिम्मा लिने बताए ।  हाल लाई देखिने सुधार नभएमा र जनताले दुख पाएमा बिराेध गर्दैनौं ताला लगाउछाै भन्दै रास्वपा काभ्रे जिला सभापति ढकालले सडक डिभिजन कार्यालय भक्तपुरलाई खबरदारी गरेका थिए ।उक्त खबरदारी कार्यक्रममा  सडक डिभिजन प्रमुख सुमन योगेशले ठेक्का ताेडिएपछी सडक डिभिजन कार्यालय भक्तपुरले जनताले दुख नपाउन भन्न पुर्ब तयारी गरेको र नयाँ ठेक्का आह्वान गरेको जानकारी गराए  ।  

  • शम्भु प्रसाद रिमाल

थप